काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले निरङ्कुश प्रवृत्तिमाथि जित भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि संसद्बाहिर सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै नेता नेपालले निरङ्कुश प्रवृत्तिमाथि जित भएको बताएका हुन् ।
“यो लोकतन्त्रको जित हो, संविधानको जित हो,” नेपालले भने, “निरङ्कुश प्रवृत्तिको अन्त्य भएको छ ।”


