महन्थले प्रधानमन्त्री देउवालाई समर्थन घोषणा गरेपछि नेपाल समूहका सांसदको बैठक बस्यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) माधव नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कि नदिने भन्नेबारे छलफल गरेको छ ।

प्रतिनिधिसभामा विश्वासको मतको प्रक्रिया जारी रहेका बेला नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा नेपाल पक्षका सांसदहरुको छुट्टै बैठक बसेको छ । नेपाल पक्षले यसअघि देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको थियो । तर, जसपाको महन्थ ठाकुर पक्षले विश्वासको मत दिने घोषणा गरेपछि नेपाल पक्षका सांसदहरुको बैठक बसेको हो ।

यसअघि जसपा अध्यक्ष महन्थ ठाकुरले केही असहमतिसहित देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने उदघोष गरेका थिए । ठाकुर पक्षले यसअघि निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरेको थियो ।

आइतबार मात्र प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दै ठाकुरलाई पत्र लेखेका थिए । ठाकुर पक्षले विश्वासको मत दिनेबित्तिकै देउवाको पक्षमा बहुमत पुग्ने भएपछि के गर्ने भन्नेबारे रणनीति बनाउन नेपाल पक्षले छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..