केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्री प्रचण्डको चेतावनी : आगोसँग खेल्नु काम नगर्नुस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद पछिल्लो समय के भयो भन्ने जनताले थाहा पाइसकेको बताए । उनले मध्यरातमा कोसँगको वार्तापछि कहाँबाट राजनीति कता लैजान खोजियो भन्ने जनताले बुझिसकेको बताए।

‘पछिल्लो चरण राष्ट्रवाद र राष्ट्रियता के भयो भन्ने कुरा जनतालाई थाहा छ। मध्यरातमा कोसँगको वार्तापछि कहाँबाट राजनीतिक कता लैजान खोजियो भन्ने कुरा नेपाली जनताले नहेरीकन बसेको छ र?’, आइतबार प्रतिनिधि सभाको बैठकमा प्रचण्डले भने।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सबैले विश्वासको मत दिन अनुरोध गरे। उनले प्रतिनिधि सभा विघटन बदर भएकोमा धेरैलाई अन्तरआत्मामा ढुक्क भएको भन्दै विश्वासको मत एकढिक्का भएर दिन आग्रह गरे।

‘केही साथीहरुलाई माओवादीलाई किच्दे हुन्छ भन्ने लागेको छ’, उनले भने, ‘आगोसँग खेल्ने काम राम्रो होइन । यसरी हेप्ने हो भने आगो फेरि सल्कन सक्छ।’ उनले सबै मिलेर बनाएको संविधान अनुसार अब नयाँ सहकार्य सुरु गर्न अन्तरआत्मामा फर्केर जाल झेल र सत्य कसले बोलेको छ हेर्न आग्रह गरे। ‘म केपी शर्मा ओलीलाई भन्न चाहन्छु व्यक्तिगत अहंकार र दम्भले इतिहासले बन्दैन’ प्रचण्डले भने ‘तपाईंले ब्लन्डर गर्नु भएको हो। त्यसको फल भोग्दै जानु भएको छ। भोग्दै जानु हुनेछ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..