अध्यक्ष प्रचण्ड र विप्लवबीच भेटवार्ता

काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । विप्लव अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई लिएर प्रचण्ड निवास खुमलटार जानुभएको थियो ।

भेटमा अहिलेको राजनीतिक परिस्थिति, अघिल्लो सरकारसँग आफूहरूले गरेको सहमति लगायतका विषयमा कुराकानी भएको नेता धर्मेन्द्र बाँस्तोलाले उज्यालोलाई जानकारी दिनुभयो ।

‘ओली सरकारसँग हामीले गरेको सहमति कार्यान्वयनका विषयमा कुराकानी भयो, कतिपय साथी अहिले पनि जेलमै हुनुहुन्छ, हामीले यस विषयमा पनि ध्यानाकर्षण गराएका छौँ’, बाँस्तोलाले भन्नुभयो, ‘अहिलेको देशको उथलपुथल भइरहेको राजनीतिबारे हामीले चासो राख्यौँ, प्रचण्डले ब्रिफिङ गर्नुभयो, हामीले पनि केही कुरा राख्यौँ ।’

पूर्वमाओवादी एक हुने चर्चाका विषयमा जिज्ञासा राख्दा बाँस्तोलाले भन्नुभयो, ‘यो तत्कालै सम्भव हुने विषय होइन तर पनि हामीले अब भेटघाट र छलफललाई निरन्तरता दिनुपर्छ भनेका छौँ, प्रचण्डजीले पनि पूर्वमाओवादीहरू एक बनाएर लैजाने इच्छा राख्नुभएको रहेछ, सकभर सँगै जान पाए हुन्थ्यो भन्ने कुरा राख्नुभयो ।’ 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..