लागूऔषध ल्याउँदै गर्दा युवतीसहित दुई पक्राउ

सप्तरी । भारतबाट लागूऔषध ल्याउँदै गरेका एक युवतीसहित दुई जनालाई सप्तरीबाट सशस्त्र प्रहरीले आइतबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको सुरूङा नगरपालिका ९ बस्ने ३० बर्षकी रोमा विक र उदयपुरको त्रियुगा नगरपालिका ११ बस्ने ३३ बर्षीय चोलाधर पोखरेल छन् ।


उनीहरूलाई जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रम्पुरा मल्हनियाँबाट पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उनीहरूको साथबाट डाइलेक्स डिसी १० एमएलको १० थान, नाइट्रेजेपेम आइपी ट्याब्लेट २० थान र स्पास्पोर मोनप्लस १४४ थान बरामद भएको छ ।लागूऔषधसहित पक्राउ परेकाहरुलाई नेपाल प्रहरीको जिम्मा लगाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..