काठमाडौं । मेडिकल माफिया र स्वास्थ्य सचिव लक्ष्मण अर्यालको योजनामा कोभिडको नाममा हुने उपकरण लगायत सामान खरिदमा कमिसन खाने नियतका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठान ऐन र नियमविपरीत वीर अस्पताललाई छुट्याएको छ । वीर अस्पताल छुट्याएपछि त्यसको प्रमुखमा स्वास्थ्य सेवाका डा.जागेश्वर गौतमलाई खटाएको छ । गौतमले जिम्मेवारी पाउनासाथ अस्पतालमा आतंक सिर्जना गरेकोआरोप लागेको छ ।
सरकारी सेवामा रहेर पनि निजी मेडिकल कलेजमा लगानी गरेको आरोप गौतममाथि लाग्ने गरेको छ । स्वायत्त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको वीर अस्पताललाई ऐन विपरीत अध्यादेशमार्फत् स्वास्थ्य मन्त्रालय मातहतको अस्पताल भनेर कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ यही २०७८ जेठ ६ माजारी गरियो । उक्त अध्यादेशको दफा ६ (१) मा वीर अस्पताललाई कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल हुने र सो को संचालन स्वास्थ्य मन्त्रालयले गर्ने तथा सो अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणी वा नेपाल सरकार स्वास्थ्य सेवा को ११आंै तहको चिकित्सकलाई मन्त्रालयले नियुक्ति गर्ने ब्यवस्था गरेको थियो । तर अध्यादेश न्याम्स ऐन विपरीत रहेको, शैक्षिक तथा प्रशासनिक अवस्था अवैधानिक हुने र अध्यानरत विद्यार्थीको शैक्षिक प्रमाणपत्रमाथि नै प्रश्नचिन्ह खडा हुने भएको छ ।
न्याम्सका पूर्व तथा बर्तमान पदाधिकारी नै भन्छन्– यो त मेडिकल माफिया मार्फत् स्वास्थ्य सचिव र डा. जागेश्वर गौतमको बलमिच्याई हो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना चिकित्सा क्षेत्रमा उच्चस्तरीय अध्ययन अनुसन्धान गर्नका लागि स्वायत्त रूपमा स्थापना भएको स्पष्ट छ ।चिविराप्र ऐन को दफा ४ मा प्रतिष्ठान पूर्णरूपमा स्वायत्त रहने ब्यवस्था छ भने ऐन को दफा ५ मा प्रतिष्ठान को स्वारूप मा वीर अस्पताल रहने स्पष्ट व्यवस्था छ । साथै दफा १४ (२) मा वीर अस्पताल चिविराप्र को हुने व्यबस्था छ तर जेठ ६ गते जारी गरेको अध्यादेशले ऐनविपरीत मन्त्रालयले हस्तक्षेप गरेको वीर अस्पतालकै पूर्व उपकुलपति, निर्देशक र बरिष्ठ चिकित्सकहरूको रहेको छ ।
कोभिड युनिफाइड अस्पताल बनाए पनि प्रतिष्ठान मातहतमा रहनेगरी ब्यवस्था हुनुपर्ने वीर अस्पतालका कर्मचारीको माग छ । प्रधानमन्त्री ओलीले संसद भंग गरी अध्यादेशका आधारमा शासन गर्दैआएका छन् । वीर अस्पताललाई पनि उनले अध्यादेशकै भरमा न्याम्सबाट अलग गरेका छन् । स्वास्थ्य सचिव अर्यालर जागेश्वरले पनि न्याम्स ऐनमाथिसोही किसिमको हमला गरिरहेका छन् ।
प्रतिष्ठानले दुवाकोट परियोजना अघि बढाइरहेको, वीर अस्पताल पूर्णरुपमा कोभिड अस्पतालको रुपमा संचालन भइरहेको, ट्रमा सेन्टरमा कोभिड अस्पतालको रूपमा संचालित भइरहेको थियो । नयाँ सर्जिकल भवन २५० बेड तयारी गरिसकेको कर्मचारी माग भई छनोट भइसकेको र नयाँ भवनलाई चौधरी ग्रुपले आक्सिजन प्लान्ट र आईसीयु जडान गर्दैगर्दा मन्त्रालयले हस्तक्षेप गर्नुमा अध्यादेशको ब्यवस्था अनुसार कुनै प्रक्रिया नपु¥याई कर्मचारी राख्न पाउने र सो युनिफाइड अस्पतालमा खरिद हुने अर्बौंको उपकरण पनि विनाप्रतिस्पर्धा सिधै खरिद गर्नका लागि श्रोत बताउछ ।
वीरलाई आफन्त, कार्यकर्ता भर्ति र उपकरण खरिदमा अनियमितता र आर्थिक चलखेल लागि भएको चिकित्सक तथा कर्मचारीहरूको ठहर छ । डा. जागेश्वरले आउनासाथै हाल नियम बिपरीत स्वास्थ्य सचिव अर्यालको मिलेमतोमा करोडौंको उपकरण खरिद सम्झौता गरिसकेका छन् भने २०७८ असार ९ गते झन्डै एक अर्ब रुपैयाँबराबरको टेन्डर जम्मा ५ दिन समय दिएर निकालेका छन् । असार १० गते ३ दिन समय दिएर आफूनिकटसँग पहिलै सबै स्पेक मिलाएर टेन्डर आह्वान गरेकोआरोप लागेको छ । यो टेण्डर अरु कसैलाई समय नदिई आफैं निकट ब्यापारीलाई दिन छोटो समय राखेकोसप्लायर्सको आरोप छ ।
उनकै लगानी रहेको म्याक्सिम इन्कर्पोरेटेड टेर्डसलाई दिनेगरी स्पेक तयार गरी अरु फर्मले टेण्डर भर्ने नपाउने गरी सेटिङ गरेको वीर अस्पताल श्रोत बताउछ । बिभिन्न उपकरणको यही २०७८ जेठ देखिनै टेन्डर गरिरहेका छन् । श्रोतका अनुसार, उनलाई यो काममा वीर अस्पतालका उपनिर्देशक डा. नवीन पोखरेल, भगवती थपलिया, श्याम बि क, रमण खड्कालगायतले सहयोग गरिरहेका छन् । डा.गौतमलेउपकरणको स्पेक मिलाउन सिन्धुली घर भएकी तीन बर्षअघि शिक्षण अस्पताल महारागन्ज करारमा जागिर खाए पनि निकालिएकीबायोमेडिकल इन्जीनियर भावना बराललाई राखेका छन् ।
शिक्षण अस्पतालमा ठूलो विवादमा मुछिएर आउट भएकी बायोमेडिकल इन्जीनियर बराललाई स्वास्थ्य सचिव अर्यालको सिफारिसमा उनले नियुक्ति दिएकोश्रोत बताउछ । भावना बराल र वीर अस्पताल खरिद प्रमुख थपलियाले म्याक्सिमको अफिस बालुवाटारमा बसी सेटिङ मिलाउने गरेको आरोप छ ।
प्रधानमन्त्री केपी ओली, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा डा. जागेश्व गौतम विरुद्ध उजुरी परेका छन् । म्याक्सिममा डा. जागेश्वर गौतमको समेत लगानी रहेको श्रोत बताउँछ ।सो कम्पनीका संचालकगौतमका जिल्लाबासी र ब्यापारिक पार्टनर पनि हुन् । म्याक्सिम सुन्दर भुसालको नाममा दर्ता रहेको छ ।
डा. जागेश्वर र सुन्दर भुसाल अति निकट मानिन्छन् । डा. गौतम र भुसाल ब्यापारिक साझेदार समेत भएको स्वास्थ्य ब्यवसायीहरू सबै जानकार रहेको श्रोत बताउछ । श्रोतका अनुसार मौलाकालिका अस्पताल चितवन, नबबिहथ ष्लखभकतmभलत,बmबशयल ष्लखभकतmभलत,अबलखबक भमगअबतष्यल, र लबचबथबलष् यहथनभल लगायत मा भूषाल र डा. गौतमको शेयर रहेको छ । चिकित्सक र कर्मचारी संगठनले नियमविपरीत वीर अस्पताल मन्त्रालय अन्तर्गत लगेकोमा बिरोधमा छन् ।


