आठ सचिव पद रिक्त , सचिव बढुवा सिफारिस

काठमाडौं । सरकार विभिन्न मन्त्रालय, निकाय र प्रदेशमा आठ सचिव पद रिक्त छन् । सचिव बढुवा सिफारिस समितिले तीन सहसचिवलाई प्रशासन सेवातर्फ रिक्त एक सचिव पद (विशिष्ट श्रेणी)का लागि सिफारिस गरेको छ ।सिफारिसमा पर्ने सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्कर छन् ।

लोक सेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त सिफारिस गरेको हो । आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीनमध्ये एकलाई सचिवमा बढुवा निर्णय गर्नेछ ।

सोही मन्त्रिपरिषद् बैठकले एकसाथ चार जनालाई सचिवमा बढुवा गर्नेछ । समितिको सोमबार बसेको बैठकले ज्येष्ठ सहसचिव डा. दामोदर रेग्मीको नाम अर्को बैठकले कृषि तथा वन र इञ्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस गरिसकेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल प्रशासन सेवाका ५, इन्जिनियरिङ सेवाका २ र वन तथा कृषि सेवाका १ गरी आठ सचिव पद रिक्त छन् ।राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयमा सचिव पद रिक्त छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि एक सचिव पद रिक्त छ ।


कृषि तथा पशुपक्षी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पनि सचिव विहीन छन् ।गण्डकी र कर्णाली प्रदेश सरकार पनि प्रमुख सचिवविहीन छन् । गण्डकी प्रदेशमा चैत २ देखि प्रमुख सचिव पद रिक्त छ । विष्णुप्रसाद नेपालले अवकास पाएपछि हाल रामचन्द्र ढकालले निमित्त भएर काम गर्दै आएका छन् ।

कर्णाली प्रदेश सरकारका तत्कालीन प्रमुख सचिव चन्द्रमान श्रेष्ठले जेठ १५ देखि अवकास पाएपछि अर्को सचिव नियुक्त भएको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पनि सचिव पद रिक्त छ ।रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे यही असार १७ गतेदेखि रिटायर्ड हुँदैछन् ।

यसैबीच लोक सेवा आयोगका पदाधिकारीहरुले यही असार ९ गतेदेखि कार्यभार सम्हालेलगत्तै सचिव बढुवा सिफारिशको प्रक्रिया सुरु भएको छ । ‘निजामती सेवा ऐनअनुसार कूल पदको २० प्रतिशत ज्येष्ठताको आधारमा बढुवा गर्ने प्रावधानअनुसार रेग्मीलाई बढुवा सिफारिश गरिसकेका छौं,’ लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले भने, ‘हिजो हामीले इन्जिनियरिङ सेवाका दुईवटा पदमध्ये एउटा पद ओपन गरेर विवरण संकलन गरिसक्यौं । वन कृषिको एउटा रिक्त सचिवको पनि विवरण संकलन गरिसक्यौं ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..