सिरहा । सिरहा र धनुषा जिल्ला जोडने कमला नदीमा पानी खतराको सहतभन्दा पनि माथि नाघेको जनाइएको छ । कमलाको पानीमा उच्च बहाब आएपछि आसपासका गाउँहरुमा हाईअलर्ट जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी ( सिडीयो ) प्रदिपराज कणेलले भने कमला नदीको पानीको सतह उच्च बिन्दुमा पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका हुन् । गएराति परेको मुसल्धारे वर्षासँगै कमला नदीमा पानीको सतह बढदै गएको हो ।
सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका प्रमुख एसपी दिपेन्द्र गिरि , जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिराबहादुर पाण्डे र नेपाली सेनाको टोलीले कमलाको तटबन्धसँग जोडिएका गाउँहरुको स्थलगत निरीक्षण गरेको छ’ प्रजिअ कणेलले भने ‘मंगलबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तटबन्ध क्षेत्रमै खटाइएको छ ।’
कमलाको बाढीमा पानीको सतह बढेसँगै पछिल्लो वर्ष आएको बाढीले क्षति पुर्याएको कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाका सात ठाउँका तटीय गाउँहरु जोखिममा पर्ने अनुमान गरिएको छ ।
स्थानीय त्रसित
कमला नदीमा बाढीको सतह बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । मंगलबार देखि निरन्तर वर्षा हुन थालेपछि पूर्वी तटबन्धका कमजोर स्थानहरु भत्काएर बाढी गाउँ पस्न सक्ने भयले स्थानीय त्रसित बनेका हुन् ।


