गण्डकीको मुख्य न्यायाधिवक्तामा बास्तोला नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार बास्तोलालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

पोखरा महानगरपालिका–११ का बास्तोला २५ वर्षदेखि पोखरामा कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अदालत बार एशोसिएसन पोखराका पूर्वअध्यक्ष रहेका उनी डेमोक्रेटिक लयर्स एशोसिएसन कास्कीका पनि पूर्वअध्यक्ष हुन् ।


यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्तामा राजेन्द्र घिमिरे थिए । गुरुङ पदमुक्त भएलगत्तै उनले राजीनामा दिएका थिए ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गरेको यो दोस्रो राजनीतिक नियुक्ति हो ।

यसअघि उनले प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा. रघुराज काफ्लेलाई नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..