ब्राउन सुगर सहित २ जना पक्राउ


झापा । झापाको छुट्टा छुट्टै स्थानमा लागू औषध सहित २ जनालाई पक्राउ गरिएको छ । गत राती साढे १२ बजे झापा बाह्रदशी गाँउपालिका २ जनता बजार स्थितमा ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले चेकजांच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको मे८प १६४ नम्बरको मोटरसाईकलमा सवार सिन्धुपाल्चोक मेलम्ची ६ का २७ बर्षीय प्रशान्त बिक्रम थापाको साथबाट लागूऔषध ब्राउन सुगर १६ ग्राम ५३० मिलिग्राम फेला परेको थियो । उनलाई मोटरसाईकल सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।

यसै गरी आज बिहान १० बजे झापा गाँउपालिका २ स्थितम बजारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलिले सोही स्थानका ३२ बर्षीय बिशाल मडिलाई लागूऔषध ब्राउन सुगर ७ ग्राम ३०० मिलि ग्राम सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..