मधेस आन्दोलनका नाइके स्व. कृष्णबहादुर यादवका छोरालाई प्रदेश २ सरकारको ५ लाख सहयोग

जनकपुरधाम । प्रथम मधेस आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका स्वर्गिय कृष्णबहादुर यादवका परिवारलाई प्रदेश २ सरकारले आर्थिक सहयोग गरेको छ ।

मंगलवार स्वर्गिय यादवको छोरा लोकचन्द्र यादवलाई प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले ५ लाखको चेक हस्तान्तरण गरे । केहिदिन अगाडी मात्रै यादवको निधन भएको थियो । उनको निधनपछि मन्त्री यादवले आर्थिक सहयोगको आश्वासन दिएका थिए ।

स्वर्गिय यादवकै नेतृत्वमा २०६२/०६३ को पहिलो मधेस आन्दोलनका क्रममा लहानमा आन्दोलन भएको थियो । आन्दोलनका क्रममा रमेश महतो प्रथम सहिद भएका थिए । त्यसैले यादवलाई मधेस आन्दोलनको नाइके मानिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..