असारे विकास : औरही नगरपालिमा २ नम्बर र काँचाे इँटा प्रयोग गरी सडक ढलान

जनकपुर । प्रदेश २ सरकारको बजेटमा महोत्तरीको औरही नगरपालिका ३ श्रीपुरमा २ नम्बर र काँचाे इँटा प्रयोग गरी सडक ढलान हुन लागेको छ ।
प्रदेश २ सरकारको भौतिक पूर्वाधार मन्त्रालयको २० लाखको बजेटमा पूर्वाधार विकास कार्यालय जनकपुर मार्फत सडक ढलान हुन लागेको हो ।


तर ढलानको लागि ग्राइभेल तल नदिइ हिलाम्य सडकमै भुस जस्तो रद्दी इँटा प्रयोग गरी ढलान गर्न लागिएको हो ।तीन नम्बरी इँटा प्रयोग गरेर जथाभावी गुणस्तरहीन सडक निर्माण गर्न लागेपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।

पूर्वाधार विकास कार्यालय जनकपुरका साइड इन्जिनियर संजय यादवले सो योजना २० लाख रुपैयाँको भएपनि सडक कति लम्बाई चौडाईको छ भन्ने विषयमा भन्न चाहेनन् ।‘भौतिक पूर्वाधार विकास मन्त्रालको २० लाख रुपैयाँ बजेटले सडक ढलान हुन लागेको छ ।

तर कति लम्बाइचौडाइ छ भन्ने थाहा भएन’ उनले भने ‘त्यहाँ दुई नम्बर इट्टा प्रयोग गरिएको छ भने हटाएर एक नम्बर लगाइन्छ । काम गुणस्तरीय नै हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..