नेपाल शिक्षक महासंघले ५७ लाख हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी

काठमाडौं । तनुहँका एक शिक्षकले नेपाल शिक्षक महासंघविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । महासंघले लेबीबाट उठाएको ५७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै तनुहँका शिक्षक रमेशबाबु भट्टराईले अख्तियार र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छानबिनका लागि निवदेन दिएका छन् ।


भट्टराईले अनलाइन र प्रतिनिधिमार्फत भौतिक रुपमा आइबार निवेदन दिएको जानकारी दिए । ‘इमेल र प्रतिनिधिमार्फत उजुरी दर्ता गराएको छु,’ उनले भने, ‘६ हजार तलब खाने शिक्षकबाट उठाएको लेबीबाट भ्रष्टाचार गर्नेलाई छानबिन गरी कानूनी दायरामा ल्याउनुपर्छ भनेर उजुरी दिएको हुँ ।’


महासंघले हिनामिना गरेको ५७ लाख तीन वर्षदेखि निरन्तर बेरुजु देखाउँदै आइरहेको र उक्त विषयमा छानबिनका लागि निवेदन दिएको भट्टराईले बताए ।
स्थायी शिक्षक मञ्चका संयोजक समेत रहेका भट्टराईले भ्रष्टाचारीको संरक्षण गर्नु हुँदैन भनेर उजुरी गरेको बताए ।

उनले भने, ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अनुरुप उजुरी दिएको हुँ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..