कोपा अमेरिका : कोलम्बियासित पेरु विजयी, भेनेजुएला र इक्वेडरको खेल बराबरी

एजेन्सी । कोपा अमेरिका फुटबलमा पेरु विजयी भएको छ । अर्को खेलमा भेनेजुएला र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ ।
आज बिहान भएको खेलमा पेरुले कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।जितसँगै पेरु ३ अङ्कका साथ तेस्रो स्थानमा छ ।

पेरुले अहिलेसम्म दुई खेलमा एकमा जित र एकमा हार ब्यहोरेको छ । तीन खेलमा एकमा जित, एकमा हार र एक खेलमा बराबरी खेलेको कोलम्बिया भने ४ अङ्कका साथ दोस्रो स्थानमा छ ।


आज बिहान सम्पन्न अर्को खेलमा भेनेजुएला र इक्वेडरले अङ्क बाँडेका छन् । भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेलेका हुन् ।
बराबरीसँगै भेनेजुएला दुई अङ्क जोडेर समूह बी तेस्रो स्थानमा छ । अहिलेसम्म ३ खेल खेलेकोमा भेनेजुएलाले दुईमा बराबरी र एकमा हार ब्यहोरेको छ ।

यस्तै, इक्वेडर भने एक अङ्कका साथ चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..