एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्।लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य २ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।शुक्रबार भक्तपुरको जडीबुटी एरियाबाट पक्राउ परेका कार्कीको साथबाट २ ग्राम लागूऔषध ब्राउन सुगर खैरो हेरोइन बरामद भएको ब्यूरोका एक अधिकारीले वताए। ।

महानगरीय प्रहरी वृत्त गौशाला दरबन्दी भएपनि विगत सात वर्षदेखि विमानस्थलमा घुमुवाको रुपमा कार्यरत कार्की आफैं लागूऔषध सेवनकर्ता रहेको खुलेको अनुसन्धानका क्रममा खुलेको स्रोतको भनाइ छ ।


लागूऔषध नियन्त्रण ब्यूरोले उनीहरुविरुद्ध लागूऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..