‘गैर जिम्मेवार सरकार !’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका नेता भीम रावलले वर्तमान सरकारलाई गैरजिम्मेवारीको संज्ञा दिएका छन्। अति संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालका लागि कूटनीतिक क्षमता सुदृढ हुनु अत्यावश्यक रहेको भन्दै नेता रावलले सरकारको निर्णयमाथि यस्तो बताएका हुन्।

आज बिहान सामाजिक संजालमार्फत् उनले मन्त्री भइसकेकाले राजदूत हुन स्नातक हुननपर्ने भनी सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले सच्याउनु सरकारको गैरजिम्मेवारी रहेको उल्लेख गरेका छन्।


ट्वीटरमा उनले लेखेका छन्, ‘अति संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालका लागि कूटनीतिक क्षमता सुदृढ हुनु अत्यावश्यक छ। तर, मन्त्री पदको अवमूल्यन भइरहेको हालको स्थितिमा मन्त्री भइसकेकाले राजदूत हुन स्नातक हुननपर्ने भनी सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले सच्याउनु परेको छ।कति गैर जिम्मेवार सरकार !’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..