कृष्णा यादव / बिरगंज । सशस्त्र प्रहरी बल नेपाल ( बिओपी ) अलौले अवैधरुपमा ल्याएको १७ ओटा भैसी पक्राउ गरेको छ।
पर्साको ग्रामीण भेगवाट नाकाहरुवाट तस्करीको उधेशयले अवैध रुपले भारतवाट नेपाल तर्फ भित्राएको भैसी पाडा सशस्त्र प्रहरी बल (बिअोपी ) अलौले पक्राउ गरेको छ।
सशस्त्र प्रहरीले विशेष सुचनाको अाधारमा सशस्त्र प्रहरी बल (बोअोपी ) अलौका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीको कमाणडमा खटिएको टोलीले वीरगंज महानंगरपालीका वडा २६ सुगौलीवाट ५ वटा भैसी , र १२ अोटा पाडा नियन्त्रणमा लिएको छ।
पक्राउ परेका करिब ३ लाख मुल्य बराबरको भैसी र पाडा वीरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो।


