देउवाको रिटमा प्रधानमन्त्री ओलीको जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका १४६ जनाले दिएको रिट निवेदनमा ५ जनाको मात्रै हस्ताक्षर भएको बताएका छन् ।

सो मुद्दामा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्दै प्रधानमन्त्री ओलीले सम्मानित अदालतबाट न्याय निरुपण गराई माग्न रिट निवेदक आफैँले वा प्रचलित कानूनको रीत पुर्याई वारेस मार्फत रिट निवेदन दिएको हुनुपर्नेमा रिट निवेदन कसैले दिने र अरु कोही सनाखत गरेर निवेदक बन्न नमिल्ने बताएका हुन् ।

‘अदालत नियमावली वा कुनै कानूनले पनि सनाखत गरेर निवेदन दिने कुराको व्यवस्था गर्दैन । तर प्रस्तुत रिट निवेदनमा पाँचजना सदस्यहरूको मात्र हस्ताक्षर छ । त्यसरी सनाखत गरिने व्यहोरा पनि रिट निवेदनमा छैन’ प्रधानमन्त्रीले १६ बुँदामा भनेका छन्, ‘मलाई प्राप्त रिट निवेदनको प्रतिसहितको म्यादमा सनाखत गरेको वा त्यसलाई अदालतको कर्मचारीले पुष्टि गरेको कुनै व्यहोरा उल्लेख छैन ।

यस्तो बेरितको निवेदन उपर सुनुवाई हुन वा निर्णय हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..