निर्माणाधीन पक्की पुल नदीले बगायो, करीव डेढ करोड रुपियाँको क्षति

प्यूठान । प्युठानमा निर्माणाधीन पक्की पुल झिमरुक नदीले भत्काएर क्षति पुर्याएको छ । अविरल वर्षातको कारण नदिमा बहाव बढेपछि झिमरुक नदिले निर्माणाधीन पक्की पुल भत्काएको हो ।
प्यूठानको ऐरावती गाउँपालिका वडा नम्वर १ र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्वर ७ जोड्ने पक्की पुल बुधबार झिमरुक नदीको बाढीले भत्काएको हो ।


झिमरुक नदीको माझीदमारमा ७ करोड १३ लाख रुपियाँको लागतमा पुल निर्माण भइरहेको थियो । सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीका अनुसार अमर कन्ट्रक्सन प्रा.ली. काठमाण्डौले निर्माणको जिम्मा पाएको थियो । ०७३ पुसमो सम्झौता भइ यहि असार २८ गते निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।


७० मिटर लम्वाइ रहेको पुलको ३५ मिटर स्लाव यसअघि नै सम्पन्न भएको थियो । बाँकी ३५ मिटर लम्बाइको सल्याव ढलान ४ दिन अघि सम्पन्न भएको इन्जिनियर केसीले जानकारी दिए । ‘लठ्ठा प्रविधिको पुल भएकाले ढलान सम्पन्न भएको १४ दिनमा लठ्ठा राखेर तन्काउने प्रबिधि हुन्छ,’ इन्जिनियर केसीले भने, ‘लठ्ठा राख्न तयार भइनसकेको अवस्थामा थियो ।’ बाढीले फर्मा बगाउँदा पुल भत्किएको उनको भनाई छ ।


प्राविधिक केसीका अनुसार करीव डेढ करोड रुपियाँ बराबरको क्षति भएको छ । ‘भदौसम्ममा पुल सञ्चालन हुने अवस्थामा थियो,’ उनले भने, ‘अव त्यो पछाडी धकेलियो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..