कोरोना खोपको माग गर्दै इन्धन ढुवानीमा अवरोध

काठमाडौं । कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुपर्ने भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघलगायत मजदुरहरु आन्दोलित हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।मंगलबार पेट्रोलियम पदार्थ ढुवानी नभएको भन्दै अधिकांश पेट्रोल पम्पहरु बन्द गरिएका छन् । पटक–पटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालकलगायत मजदुरहरु आन्दोलित भएका हुन् ।

आइतबारदेखि ढुवानी बन्द गरेका उनीहरुले मंगलबार पनि आयल निगमको थानकोट डिपोमा ट्याङ्कर तेर्साएर नाराबाजी गरेका छन् । उनीहरुले छिटो भन्दा छिटो कोरोनाविरुद्धको खोप दिनुपर्ने आफूहरुको माग गरेको बताए ।


सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराउदा पनि आफूहरुको माग पूरा नभएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको अखिल नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष शिव पोखरेलले बताए ।


त्यस्तै नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष इश्वर लामाले आइतबारदेखि बरौनी, अमलेखगञ्ज क्षेत्र तथा आन्तरिक ढुवानी रोकिएको बताए । उनले अत्यावश्यक क्षेत्रमा काम गर्ने आफूहरुलाई खोप दिन सरकारले आनाकानी गरिरहेको आरोप लगाए ।
उनले आफूहरुको स्वास्थ्य जोखिममा परेकाले बाध्य भएर आन्दोलन गर्नुपर्ने धारणा राखे ।

ढुवानीकर्ताको अवरोधका कारण मंगलबार पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको आयल निगमको बागमती प्रादेशिक डिपो थानकोटले जनाएको छ ।काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा १७६ वटा निजी पेट्रोल पम्प सञ्चालनमा छन् ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तु तथा सेवा प्रवाह गर्ने व्यवसायीलाई खोप उपलब्ध गराउन माग गर्दै कोभिड संकट व्यवस्थापन केन्द्रलाई पत्र पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..