लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

कञ्चनपुर। कञ्चनपुर प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा शुल्लाफाँटा नगरपालिका-१० झलारीका २४ वर्षीय महेश चौधरी र लालझाडी गाउँपालिका-२ का २५ वर्षीय रणबहादुर चौधरी छन्।


सुपप्र ०२-००३प ६७२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बेलौरी नगरपालिका-६ विद्यानगरबाट पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।उनीहरूको साथबाट १२.३५ ग्राम ब्राउनसुगर बरामद भएको छ।

दुबैलाई हिरासतमा राखेर अनुसन्धान थालिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..