कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित कैलालीका दुई जना पक्राउ परेका छन। बेलौरी नगरपालिका–८ पचुईबाट सुप प्र.०१–००८ प ८५९ नम्बरको मोटरसाइकलमा सवार कैलालीका २ जनालाई ९.८० ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–५ गेटाका २८ वर्षीय सुरेन्द्र विष्ट र २२ वर्षीय सन्तोष राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।
पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


