ठुलो परिमाणमा लागुऔषधसहित २ जना बारा प्रहरीको नियन्त्रणमा

बारा । बारा प्रहरीले अवैध लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । शनिबार बिहान बाराको जीतपुर उपमहानगरपालिका ७ बाट पर्साको बीरगञ्ज उपमहानगरपालिका ७ बस्ने २० वर्षीय शारुख खान मियालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

मियाँको साथबाट प्रहरीले बीआर २२ डि ४१४४ नम्बरको मोटरसाइकलसहित १०० एमएलको वनरेक्स २३० बोतल बरामद गरेको छ ।सोही स्थानबाट बीरगञ्ज उपमहानगरपालिका ३२ बदननगर बस्ने २६ वर्षीय गयासुदिन मियाँलाई पनि अवैध लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

मियाँबाट बा १५ प १७५२ नम्बरको मोटरसाइकलसहित १०० एमएल वनरेक्स ५ बोतल र नाइट्राभेट १० लेखिएको ७२ पिस ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका २ जनामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..