कटुवा पेस्तोलसहित एकजना सिरहा प्रहरीको नियन्त्रणमा

महेशपुरपतारी । सिराहाको महेशपुर पतारबाट कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा लुकाइ छिपाइ राखेको अवस्थामा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक गोलीसहित करिब ४७ वर्षीय गणेशकुमार सिंहलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा सिराहाको सुखीपुर नगरपालिका– ७ बलहीस्थित सिंहको घर खानतलासी गर्दा पेस्तोल र गोली बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अवैध हतियारसहित पक्राउ गरिएका सिंहलाई महेशपुर पतारीमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक सालीग्राम शर्मा पौडेलले जानकारी दिए ।

पक्राउ गरिएका सिंहले अवैध हतियार लुटपाटमा प्रयोग गर्ने उद्देश्यले राखेको हुन सक्ने आशंका गरिएको छ । पक्राउ परेका सिंहलाई हात हतियार खर खजना अन्तर गत मुद्दा चलाउने डीएसपी पौडेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..