सिरहा । जनता समाजवादी पार्टी नेपाल (जसपा) परित्याग गरि सिरहामा स्थानीय युवाहरु नेपाली काँग्रेस प्रवेश गरेको छ । सिरहा नगरपालिका १ का राज किशोर यादव, वार्ड नम्बर २ का बिशुन देव यादव, राज किशोर यादव (भोलि) लगायत युवाहरु नेपाली कांग्रेस प्रवेश गरेको छ ।
नेपाली कांग्रेस सिरहा जिल्ला सभापति राम चन्द्र यादवले नव प्रवेशीलाई टीका लगाएर स्वागत गरेका छन् । उक्त अवसरमा नेपाल मुस्लिम संघ जिल्ला अध्यक्ष एबम केन्द्रिय सदस्य मो अख्तर शकिर र नेवि संघ सिरहाका पूर्व जिल्ला सभापति देव कुमार यादव लगायत सहभागी रहेका थिए ।



