गण्डकीको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।विवादकाबीच प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार नेपाली कांग्रेसका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

२७ गते भएको निर्वाचनमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३ः०० बजेसम्मको समय तोकेर प्रदेशसभा सदस्यलाई आह्वान गरेकी थिइन् ।

शुक्रबार नै नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल नेतृत्वमा विपक्षी गठबन्धनले ३१ जना सांसदको बहुमत हस्ताक्षरसहितको दाबी पत्र बुझाएको थियो ।

तर, गुरूङले पनि राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापा र जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटीको समर्थन रहेको पत्रसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेपछि विपक्षी गठबन्धनले आज प्रदेश प्रमुख पौडेलको निवास अगाडि विपक्षी गठबन्धनका धर्ना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..