धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

जनकपुर । धनुषामा पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको छ।मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर शुक्रबार पाँच जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक ( एसपी ) प्रकाश रानाभाटले जानकारी दिए।

मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दा कुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चान्दनी ठाकुर, १२ वर्षीया ललिता साह तेली रहेको प्रहरी उपरीक्षक रानाभाटले बताए। उनले पोखरीबाट पाँ जनाको शव निकालिए पनि दुई जनाको खोजी भइरहेको बताए।

रानाभाटले भने, ‘पोडी खेल्ने क्रममा डुबेर मृत्यु भएको खबर पाउनासाथ प्रहरी जाँदा ५ जना बालिकाको शव निकालेका हौं। दुई जना बेपत्ता छन्। उनीहरु पोखरीबाट गाउँ गए अथवा पोखरीमै रहेको त्यसको यकिन हुन सकेको छैन।’

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा रहेको रानाभाटले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..