सुर्खेतका डाक्टरमाथि हातपात, तीनजना पक्राउ

सुर्खेत । कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका दुईजना डाक्टर र एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।

बिहीबार साँझ ६ बजेतिर कार्यालयबाट घर फर्किने क्रम्मा अपरिचित युवाहरुको समूहले हातपात गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।डीएसपी घर्तीका अनुसार डाक्टरहरु शंकरप्रसाद रिजाल, यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि हातपात भएको हो । डाक्टरहरु सामान्य घाइते छन् ।

डाक्टरमाथि हातपात गर्ने ३ जना युवाहरुलाई नियन्त्रणमा लिइएको डीएसपी घर्तीले बताए ।
‘तीनजना यूवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरु मदिरा सेवन गरेकान छन् ।

हातपात गर्नुको कुनै खास कारणत देखिदैन, मदिराले मातियर यस्तो हर्कत गरेको हुनुपर्छ’, डीएसपी घर्तीले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..