काठमाडौं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले नेकपा (एमाले) प्रवेश गर्दा प्रदेशसभा सदस्य पद गुमाएकी ज्वालाकुमारी शाह कृषिमन्त्रीको जिम्मेवारी दिएका छन्।
उनी बारा ३ (क)बाट निर्वाचित भएकी थिइन्। नेकपा (माओवादी केन्द्र)बाट जितेकी उनी फागुन २३ गतेपछि एमालेमै रहँदा पद रिक्त हुन पुगेको थियो।


