नेयमार चम्किंदा विश्वकप छनोटमा ब्राजिलको शतप्रतिशत जित

एजेन्सी । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले शतप्रतिशत जित हात पार्ने क्रममा पाराग्वेलाई २-० ले पराजित गरेको छ ।नेयमारले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरेपछि ब्राजिलले सहज जित हात पारेको हो ।

छनोटमा ब्राजिलको यो लगातार छैटौं जित हो ।खेलको चौथो मिनेटमै गाब्रिएल जेससको पासमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । इन्जुरी टाइमको तेस्रो मिनेटमा नेयमारकै पासमा लुकास पाक्वेटाले ब्राजिलका लागि दोस्रो गोल गरे ।
लगातार छैटौं जितपछि ब्राजिल १८ अंक जोड्दै शीर्ष स्थानमा आसीन छ ।

जुन दोस्रो स्थानको अर्जेन्टिनाभन्दा ६ अंक बढी हो । अर्जेन्टिनाले भने कोलम्बियासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको थियो । ६ खेलबाट ७ अंक रहेको पाराग्वे हारपछि छैटौं स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..