६ बुँदे प्रस्तावको बुँदा-बुँदा केलाएर अध्यक्ष ओलीलाई लिखित जवाफ फर्काउँदै नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालले लिखित जवाफ फर्काउने भएका छन् । प्रधानमन्त्री ओलीले ६ बुँदेमागसहित आफूँ पार्टी एकता गर्न तयार रहेको बताए पनि नेपालले उक्त बुँदामा जालझेलपूर्ण रहेको भन्दै आज सोमबार नै लिखित जवाफ फर्काउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि नेपालसँग ६ बुँदे प्रस्तावसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिन माधव नेपाल पक्षलाई आव्हान गरेका छन् ।
तर, नेपाल पक्षले प्रधानमन्त्री ओलीको प्रस्तावको बुँदा बुँदा केलाएर जवाफ दिने तयारी गरेको छ ।

साथै, उक्त प्रस्ताव एकताका लागि नभएर जालझेलपूर्ण ल्याएको भन्दै अब बुँदा बुँदा केलाएर त्यसको जवाफ दिन लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..