माधव नेपाललगत्तै सभापति देउवालाई भेटे अध्यक्ष प्रचण्डले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । यसअघि अध्यक्ष दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका थिए ।

हिजोमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एकताको लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए । जसपामा उनले आफू २०७५ जेठ ३ गते फर्कन तयार रहेको उल्लेख गरेका थिए ।

तर, नेता माधव नेपाल पक्षले भने ओलीको प्रस्तावलाई अस्विकार गर्ने संकेत गरिसकेको छ । नेपाल पक्षधर प्रभावशाली नेताहरुले सामाजिक सञ्जालमार्फत ओलीको प्रस्तावलाई आफूहरुलाई अलमल्याउनको लागि ल्याईएको बताएका छन् । नेकपा एमालेभित्र एकताको प्रयासपछि प्रचण्डको सक्रियता बढेको हो ।

अहिले कांग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चाको विपक्षी गठबन्धन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक भएर उभिएका छन् ।

उनीहरु जसरी पनि ओलीलाई विस्थापित गर्ने उद्देश्यका साथ अघि बढेका छन् । आज अध्यक्ष दाहालले नेता नेपाल र देउवासँग पनि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..