काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागि प्रस्तुत गर्नु भएको प्रस्ताव सकारात्मक भएको बताउनु भएको छ ।आइतबार राति सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेता भट्टराईले प्रधानमन्त्रीको यो वक्तव्यले एकता कार्यदललाई निरन्तरता दिने बाटो खुलेको दावी समेत गर्नु भएको छ ।
एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले आइतबार ३ जेठ २०७५ पूर्वको अवस्थामा फर्कन संसद विटनबिरुद्ध दिइएको रिटबाट हस्ताक्षर फिर्ता लिनु पर्ने लगायतका सर्त प्रस्तुत गरिएको थियो ।
नेता भट्टराईले लेख्नु भएको स्टाटस
नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन निरन्तरता दिन बाटो खुलेको छ ।
पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ । सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ ।सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्स नेत्रित्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्धत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।



