खाजा पसलमा ब्राउन सुगरको कारोबार ३महिलासहित ४ जना पक्राउ

बाँके । खाजा पसलबाट लागू औषध (ब्राउन सुगर)को कारोबार गरेको आरोपमा बाँके प्रहरीले ३ जना महिला र १ जना पुरुष गरी ४ जनालाई पक्राउ गरेको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ न्युरोडस्थित सन्ध्या नास्ता पसलबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका–८ बस्ने ३३ वर्षीया बिबा शाही, सोही ठाउँकी ३० वर्षीया गंगा खड्का, बर्दियाको राजापुर नगरपालिका–४ बस्ने २१ वर्षीया पूजा परियार र नेपालगञ्ज उपमहानगरपालिका–९ बस्ने ३५ वर्षीय राजेश खटिक छन्।

खाजा पसलमा अवैध लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्यूरो बाँकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।


प्रहरीले उनीहरुको साथबाट बिक्रीका लागि तयार पारेर राखिएको ५६ पुडिया (१२ ग्राम २०० मिलिग्राम) ब्राउन सुगर र नगद ४१ हजार ५०० रुपैयाँ बरामद गरिएको जानकारी दिएको छ। पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत बाँकेबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..