यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक र तेक्वान्दो प्रशिक्षक प्रहरी फन्दामा

मध्यपुरथिमि । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुकी १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको अभियोगमा एक शिक्षक र तेक्वान्दो प्रशिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । घरमा पढाउँदै आएका शिक्षक कोजुले ती बालिकालाई भोज खान बोलाइ यौन दुर्व्यवहार गरेको भन्दै बालिकाकी आमाले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई तेक्वान्दो प्रशिक्षक मुखियाले सल्लाघारीस्थित एकान्त स्थानमा बोलाइ तेक्वान्दो खेल राम्रोसँग सिकाइदिन्छु भन्ने प्रलोभन दिएर दुर्व्यवहार गरेको जाहेरी परेको छ ।रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..