सिरहाको मिर्चैयामा औषधी व्यवसायीमाथि गोली प्रहार

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका एक औषधि व्यवसायीमाथि आज शनिवार बेलुको अज्ञात समूद्वारा गोली प्रहार भएको छ । मिर्चैया नगरपालिका वडा नम्बर – ५ घर भई मूख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालक ३९ वर्षिय रामसागर साफीमा पसलमै ३÷४ जनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरेको हो ।

साफीको दाँया खुट्टा र हातमा गोली लागेको बताइएको छ । उनको उपचा मिर्चैयाकै मङ्लम हेल्थकेयरमा उपचार भईरहेको छ । उनी खतरामुक्त रहेको बताइएको छ ।इलाका प्रहरी कार्यालय मिर्चैया भन्दा लगभग ५० मिटरको दुरीमा रहेको पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गरएको मौकाछोपी उनीहरुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

सम्पतीको विवादका कारण आफन्तबटै अक्रमण भएको हुनसक्ने घाइते साफीले बताएको छ । उनीमाथिग यस अघिपनि आक्रमण भएको बताइएको छ । आक्रमणको घटनापछि स्थानीयबासिन्दा त्रसित बनेका छन् । प्रहरी कार्यालय नजीकै घटनाहुदापनि प्रहरीले जानकारी नपाउनु दुखद भएको स्थानीयको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारि शालिग्राम शर्माले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । अहिले घटनामा संलग्न रहेको अशंकामा प्रहरीले तीन / चार जना युवाहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । घटना प्रभावित हुनेभन्दै उनीहरुको नाम बताउन चाहेनन् । अहिले पूर्वपश्चिम राजमार्ग र सहायक सडकहरुमा पनि चेकजाँच तिव्र बनाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..