बिहेको प्रलोभन दिएर लहानको ईस्ट पोईन्ट होटलमा बलात्कार

सिराहा । विहे गर्छु भन्दै प्रलोभनमा पारी लहानका एक युवकले पुर्वको एक युवतीलाई बलात्कार गरेको छ । लहान ६ बस्ने साह सोनार थरका युवकले लहानको ईस्ट पोईन्ट होटलमा एक युवतीको बलात्कार गरेको खुलेको छ ।

मोबाईल र सामाजिक संजालको माध्यमबाट नजिकिएका सुनसरी- ईटहरी तिरकी युवतीलाई साहले विहे गर्छु भन्दै लाहान बोलाएका थिए । यता साहले आफ्नो बा-आमालाई समेत जानकारी नदिई युवतीलाई लाहान स्थित ईस्टपोईन्ट होटलमा राखेका थिए । 

युवतीले विहे कहिले गर्ने सोध्दा केटाले पटकपटक यौन सम्पर्क गर्दै यहि नै विहे हो भनी बलात्कार गरेका छन । पछि केटीलाई पन्छाउने उदेश्यले कामको बहानामा केटा फरार भए । 

पीडित युवतीले ईलाका प्रहरी कार्यालय लाहानमा उजुरी दिएकी छिन । कोरोनाको कारण पीडितको स्वास्थ परिक्षण शुक्रबार हुने महिला अधिकारकर्मी ललिता दासले बताईन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..