पार्टीबाट निलम्बित राष्ट्रिय जनमोर्चाका सांसद थापाले सर्वाेच्च अदालतमा रिट दायर गरे

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका उनले आफ्नो सांसद पद यथास्थितिमा रहनुपर्ने मागसहित अदालतमा रिट दायर गरेका छन् ।


थापाले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भनि अदालतमा रिट दायर गरेका छन् । आफूलाई बिनाआधार पार्टीले कारबाही गर्न नहुने भन्दै अदालतमा रिट दायर गरेका छन् ।अदालतमा दायर गरिएको रिट दर्ता भएको छ ।

बिहीबार पार्टीले थापालाई पार्टीबाट निष्कासनसँगै प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीलाई पत्र पठाइएको थियो । त्यसपछि सभामुख अधिकारीले थापा निष्कानसमा परेको जानकारी गराएका थिए ।


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविस्वास प्रस्तावमा हस्ताक्षर गर्न पार्टीले ह्विप जारी गरे पनि थापाले अस्विकार गरेका थिए । त्यसपछि पार्टीले उनलाई बिहीबार संसदबाट निष्कासन गरिएको पत्र सभामखुलाई पत्र पठाइएको थियो ।
त्यससँगै उनी पार्टीबाट निलम्बित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..