फेरिएन संवैधानिक इजलास,आज पुरानै न्यायाधीशबाट सुनुवाइ

काठमाडौं । संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आज तेस्रो दिन सुनुवाई हुँदैछ । शुक्रबार र आइतबारको बहसमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश परिवर्तन हुनुपर्ने वकिलहरूले माग गरेका थिए ।

आज पुरानै ५ न्यायाधीशको इजलास कायम राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले आज संवैधानिक इजलासको सूची परिवर्तन गर्न सक्ने कतिपय कानूनविदले अड्कलबाजी गरेका थिए । तर, आज पनि प्रधानन्यायाधीशको अध्यक्षतामा न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसीसहितको बेन्चले नै मुद्दाको सुनुवाई गर्ने तय भएको छ ।


संवैधानिक इजलास परिवर्तन गर्ने र नगर्ने बारे सोमबार न्यायाधीहरुवीच छलफल भएको थियो । अन्ततः आजको इजलास परिवर्तन भएन । न्यायाधीशद्वय केसी र श्रेष्ठले आफूमाथि उठेका प्रश्नबारे इजलासमै प्रष्ट पार्ने स्रोतले बतायो । यसअघि नेकपाको विभाजनसम्बन्धी मुद्दाको फैसलामाथि प्रश्न उठेका कारण न्यायाधीश श्रेष्ठ र केसीले संवैधानिक इजलासमा बस्न नहुने वकिलहरुको माग छ ।

अर्को पक्षले भने न्यायाधीशहरुमाथि त्यसरी प्रश्न उठाउन नमिल्ने बताउँदै आएको छ ।सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले प्रधानन्यायाधीशलाई सुझाव दिँदै भनेका छन्, ‘प्रधानन्यायाधीश बढी संयम हुनुपर्छ ।

ठण्डा दिमागले सोच्नुपर्ने हुन्छ । ‘रुट कज’ पत्ता लगाउनुप-यो । आजदेखि नै ‘कज लिस्ट’मा सुधार गरिदिए हुन्छ । इजलासमा वरिष्ठतममा एकदेखि पाँच नम्बरसम्मका न्यायाधीश बस्ने भनियो भने विवाद गर्नेले के आधारमा विवाद गर्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..