महन्थले जसपाबाट उपेन्द्र यादवलाई पनि निष्कासन गरे

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले आफूलाई कारबाही गर्ने अध्यक्ष उपेन्द्र यादव पक्षलाई पनि पार्टीबाट निष्कासन गरेको छ ।

यादवलाई पार्टीको विधानको दफा ५० को १ बमोजिम अनुशासन कारवाही भई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।यादवलाई कारबाही गरिएको उक्त पत्र निर्वाचन आयोगलाई पठाइएको छ ।

आयोगलाई पठाइएको पत्रमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ को १, २ र ३ बमोजिम दलको दर्ता किताबबाट यादवको नाम हटाइ अद्यावधिक गर्न अनुरोध समेत गरिएको छ ।मंगलबार यादव पक्षले ठाकुर पक्षलाई जसपाबाट निकालेपछि ठाकुर पक्षले त्यसको काउन्टर गर्दै यादवलाई पार्टीबाट निष्कासन गरेको छ ।

मंगलबार यादव पक्षले अध्यक्ष ठाकुरसहिच चार जनालाई पार्टीबाट निष्कासित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..