धनुषा । कोरोना महामारीको दोश्रो लहरलाई रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ । तर यस निषेधाज्ञाको मौका छोपी क्रसर उद्योगीहरुले अवैधरुपमा प्राकृतिलाई दोहन गर्दै वातावरण बिगार्ने कार्यमा लागिपरेका छन् ।
सिरहा र धनुषाको सिमाना जोड्ने कमला नदीमा नियमविपरीत खोला दोहन गर्दै नदी उत्खनन गर्ने गरेको पाइएको हाे ।धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ६ स्थित कमला नदीमा अवैधढंगले नियम विपरीत क्रसर उद्योगीहरुले खोला उत्खनन गरिरहेका छन् । नियम विपरीत अवैधरुपमा सञ्चालित कमला माई क्रसर उद्योग र स्थानीय प्रशासन तथा जनप्रतिनिधिकै संलग्नतामा क्रसर संचालकहरुले कमला नदीमा नियम विपरीत तरीकाले रातारात नदी जन्य वस्तु बालुवा गिट्टी उत्खनन गर्दै नदी दोहन भइरहेको स्थनीयवासीहरुको भनाई छ ।
अवैधढंगले जथाभावी नदी दोहन गरी बालुवा गिट्टी उत्खनन गर्दा वर्षायाममा गाउ वस्तीमै बाढी आउने त्रासमा छौँ, गाउँमा बाढ़ी पस्ने र गाउ बाहिर समेत जान नसक्ने गरि जथाभावी खनेकाले अहिले देखि स्थानीयवासीहरु त्रासदी वातावरणमा बाँच्न विवश छन् । जथाभावीरुपमा नियमविपरित खन्ने गरेकाले कमला नदीको पुल भन्दा करिब ५० मिटर को दुरीमै करीब २०–२१ फिट सम्म उत्खन्न गरि ठुलो खाल्डो बनाएको छ ।
जसले गर्दा पुल र सो क्षेत्रका दर्जनोै गाउँमा खाने पानीको चरम समस्या उत्पन्न भईरहेको र उब्जाउ जमीनलाई समेत असर परेको छ । सो अवैध उत्खनन बारे स्थानीय प्रशासनलाई समेत जानकारी गराउदा समेत प्रहरीहरुले कुनै वास्ता न गरेको र प्रहरी उल्टै आफुहरुलाई नै थर्काएको स्थानीयहरुको भनाइ छन् ।अवैध उत्खनन भइरहेको स्थानमा स्थानीयहरु आइतबार राती करीब १२ः३० बजेको समय गएर उत्खनन रोक्ने प्रयास गरेको स्थानीयको भनाइ छ ।
आफुहरु पटक पटक प्रहरीलाई खबर खबर गर्दा समेत स्थानीयले नियन्त्रणमा लिएको ना ७ ख ७७४५ ,ना ६ ख ६५१८ ,ना ६ ख ६१६९ र ना ७खा ७७४६ गरी चार वटा टिपर र एउटा लोडर घेरेका थिए । तर प्रहरीलाई सो टिपर र लोडर आवश्यक कार्यवाहीको माग राख्दै प्रहरीलाई नियन्त्रणमा लीन समेत आग्रह गर्दा प्रहरी पंछिएको स्थानीयको गुनासो छ ।
पछि प्रदेश प्रहरी प्रमुख डीआईजी धिरज प्रताप सिंहको आदेश आएपछि मत्रा ति टिपर र लोडरलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी चौकी पोर्तहामा राखिएको छ । संघीय सरकारले राष्ट्रपति चूरे बचाउ संरक्षण कार्यक्रम अन्तर्गत करोड़ौँ रुपैया चूरे संरक्षणको नाममा खर्च गर्ने गर्छन् । सो कार्यक्रमको प्रभावकारितालाई हेर्ने हो भने धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ६ स्थित नियम विपरीत तरीकाले पूर्व पश्चिम राजमार्गको केहि दूरीमा उत्तरपट्टी चूरे क्षेत्रमा कब्जा गर्दै सञ्चालित कमला माई क्रसर उधोगलाई हेर्न सकिन्छ ।
जो स्थायी प्रहरी प्रशासनको मिलोमतोमा यस्तो लडाउनको मौका छोपी रात भरी क्रासर सञ्चालनले धुँवा धूलोले स्थानीयहरु त्रसित छन् ।हाल कोरोना महामारीले मानिसहरुमा स्वस्प्रसवास समस्या बढिरहेको छ, तर यस क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारणहरु क्रसरबाट निस्कने धुँवा धूलोले गर्दा स्वास्थ्य अवस्थामा समेत कठिनाई भईरहेको छ । क्रसर उद्यागको प्रदुषणले जनजिवन प्रभावित भई रुघा, दम्भ, स्वस्प्रसवास समस्या, मुटुको समस्या लगायतका रोगहरुबाट समेत यहाँका स्थानीयवासीहरु पीडि़त छन् ।
स्थानीय प्रशासनले क्रसर संचालनको लागि नियम समेत बनाएको छ । क्रसर संचालनको समय सिमा तोकिए बमोजिम संचालन समेत भईरहेको छैन । जथाभावीरुपमा अवैधढंगले बालुवा गिट्टी उत्खनन गर्नकै लागि समयतालिका अनुसार उत्खनन नगरि रातीराती उत्खनन गरिरहेको छ ।
जबकी क्रसरको कार्य सञ्चालनको समयसीमा तोकिएको छ । बिहानको ५ बजे देखि बेलका ५ बजे सम्म मात्र क्रसर उद्योगले संचालन गर्न पाउने गरि कार्य सञ्चालन गर्ने व्यवस्था छ । तर निषेधाज्ञाको मौका छोपी रातभरी क्रसरले बालुवा गिट्टी उत्खनन गर्दा स्थानीयवासीहरुको निँद समेत हराम भईरहेको छ ।


