बजेट सुनाउनका लागि मात्र होइन कार्यान्वयन गर्न ल्याइएको हो : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सुनाउनका लागि मात्र नभएर कार्यान्वयन ल्याइएको बताएका छन् ।
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय-व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट सुनाउनका लागि नभए कार्यान्वयन गर्नका लागि ल्याइएको बताए ।


उनले भने, ‘यो बजेट केवल सुनाउनका लागि होइन, कार्यान्वयन गर्नका लागि बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु ।’

विशेषगरी कोभिड महामारीको नियत्रण रोकथाम र उपचारमा नै केन्द्रित भएर त्यसैअनुरुप बजेट केन्द्रित गरिएको पनि उनले बताएका छन् । कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्नै पनि उनले बताए ।


मन्त्री पौडेलले अर्थतन्त्रलाई पूरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको बताएका छन् । उनका अनुसार ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत गरिएको छ ।
अब भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल र कार्यान्वयनको अभियानलाई तीव्रता दिइने मन्त्री पौडेलले बताएका छन् । साथै, बजेट कार्यान्वयनमा दुविधा नराख्न उनले आग्रह गरे ।


यसैगरी अर्थमन्त्री पौडेलले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्ने पनि बताएका छन् । मतदाता प्रभावित पार्न नभई अभिभारा पूरा गर्न बजेट ल्याइएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..