बजेटले बढायो मदिराको भाउ, कुन मदिराको मूल्य कति पुग्यो ?

काठमाडौं । आजको दिनसम्म वियरमा प्रतिलिटर १६८ रुपैयाँ अन्तःशुल्क लाग्दै आएको छ । तर, अब बजेटले व्यवस्था गरेअनुसार भोलीबाटै यो शुल्क बढेर प्रतिलिटर १९८ रुपैयाँ पुग्नेभएको छ । वाइनको अन्तःशुल्क पनि प्रतिलिटर १६५ रुपैयाँबाट बढेर १९८ रुपैयाँ नै पुगेको छ । १५ युपीको मदिराको अन्तःशुल्क लिटरमा १ हजार ५९२ रुपैयाँ पुगेको छ भने २५ युपीको मदिराको अन्तःशुल्क प्रतिलिटर १ हजार ११८ रुपैयाँ पुगेको छ । ३० युपीको मदिराको अन्तःशुल्क पनि ९२० रुपैयाँबाट १ हजार १०५ रुपैयाँ पुगेको छ ।

यी बाहेक अन्य प्रकारका मदिरामा प्रतिलिटर १ हजार ३२५ रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा अब १ हजार ५९२ रुपैयाँ पुगेको छ । बजेटले अन्तःशुल्कमा गरेको वृद्धिसँगै वियर प्रति बोतल ५० रुपैयाँले महँगो हुने अनुमान गरिएको छ । अहिले पनि निकै महँगो पर्ने विदेशी रक्सीको भाउ बोतलमै ५ सय सम्मले बढ्न सक्ने अनुमान छ ।

मदिरा उद्यमी रवि केसी भन्छन्, ‘भारतमा ६ सय आईसीमा पाइने सिग्नेचर नेपालमा २१ सय पुग्यो, अब अवैध व्यापार मौलाउँछ, लुकिछिपी विदेशबाट सस्तोमा ल्याएर नेपालमा रक्सी बेच्नेहरुले राहत पाउने भए । सरकारले करोडौँ राजश्व गुमायो ।’उनका अनुसार स्वदेशी उत्पादन रुस्लान भोड्का र ८८४८ भोड्काको भाउ लिटरमा ३ सयले बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..