सरकारी नेतृत्वबाट दुरुपयोग हुनबाट अलग रहन कर्मचारीलाई सभापति देउवाको ध्यानाकर्षण

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीहरूलाई सरकारी नेतृत्वबाट दुरुपयोग हुनबाट अलग रहन ध्यानाकर्षण गराएका छन् । नेता देउवाले एक विज्ञप्ति जारी गर्दै सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरूलाई दुरुपयोग हुनबाट अलग रहन ध्यानाकर्षण गराएका हुन् ।

‘सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरूलाई दुरुपयोग हुनबाट अलग रहन पनि ध्यानाकर्षण गराउँदछु’देउवाले भनेका छन् ।

सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णयहरू नलिन र कार्यान्वयन नगर्न सरकारलाई खबरदारी गरेका देउवाले वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसीन रहेको बताएका छन् । उनले संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरू लिइरहेको आरोपसमेत लगाएका छन् ।

प्रधानमन्त्रीलाई पेस गरेको १५ बुँदे ज्ञापन पत्रलाई गम्भीरताका साथ लिन माग गर्दै उनले कोभिड–१९ विरुद्ध खोपको तत्काल आपूर्ति, देशभर आवश्यकता अनुसार आइसियु बेड र अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरूलाई निःशुल्क उपचारको सुनिश्चितता गर्नसमेत सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..