प्रहरी अस्पतालमा उपचाररत रमेश खरेलको स्वास्थ्य अवस्थाकस्तो छ ?

काठमाडौं । कोरोना संक्रमणका कारण गम्भीर बिरामी बनेपछि करिब दुई सातायता नेपाल पुलिस अस्पतालमा उपचाररत पूर्व नायब महानिरीक्षक रमेश खरेलको स्वास्थ्यमा सामान्य सुधार आएको अस्पताल प्रशासनले जनाएको छ। उनलाई आइसियुमा राखेर उपचार भइरहेको छ।

‘अस्पताल आउनुअघि नै को’रोनाले उहाँको फोक्सोमा असर गरिसकेको थियो। त्यसैले अवस्था केही जटिल थियो। तर अहिले क्रमिक सुधार भइरहेको छ’ अस्पताल स्रोतले भन्यो। नेपाल पुलिस अस्पतालमा उपचाररत दुई जना बहालवाला डीएसपीको एक साताको अन्तरमा ज्यान गइसकेको छ।

गत साता राजकुमार केसी र सोमबार समिर खरेलले को’रोना कारण ज्यान गुमाएका छन्।
नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले पनि पूर्व डिआइजी खरेलको अवस्था सुधार भइरहेको बताए। ‘बीचमा निकै क्रिटिकल थियो भन्ने रिपोर्ट प्राप्त भएको थियो। मिनी भेन्टिलेटरमा राखेर उपचार भएको थियो। तर अहिले अवस्था सुधारोन्मुख छ’, एसएसपी कुँवरले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..