प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा मध्यरातमा संविधान अपहरण भयो : नेता खड्का

काठमाडौँ । नेपाली काँग्रेसका नेता दिपक खड्काले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा मध्यरातमा संविधान अपहरण भएको बताउनुभएको छ । पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्रीसमेत रहनुभएका खड्काले आज एक विज्ञप्ती जारी गरी रातको १.४९ बजे संविधानको अपहरण गरी संसदीय व्यवस्थाको हत्या भएको बताउनुभएको हो ।

“कोरोना महामारीको कहालीलाग्दो अवस्थामा जनतालाई निर्वाचनको उपहार दिनु अलोकतान्त्रिक, गैरसंवैधानिक र तानाशाही कदम हो, यो घोर आपत्तीजनक छ,”– नेता खड्काले भन्नुभयो । यस्तो सम्मानित पदको बदनाम गराउने दुबै व्यक्तिलाई कुनैपनि दण्ड कम हुने उहाँको भनाई छ । यिनीहरु र यिनका सबै मतियारलाई सबै नेपाली जनता मिलेर कडा दण्ड दिनु आवश्यक रहेको नेता खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..