मुर्लीमा प्रहरी र माछा व्यापारी बीच झडप

पर्सा । बीरगंज महानगरपालिका वडा नम्बर १३ मुर्ली पोखरीमा माछा ब्यपारी र प्रहरी बीच झडप भएको छ । बीरगंजको मुर्ली पोखरामा प्रहरी र माछा ब्यपारी बीच झडप हुंदा एक जना प्रहरी सहायक निरिक्षक र दुई जना प्रहरी जवान गरी तीन जना घाईते भएका छन् ।पर्सा जिल्लामा कोभिड संक्रमणको संख्या बढदै गएपछि स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञालाई उलंघन गर्दै मुर्ली पोखरामा भिडभाड गरी माछा बेच्दै गर्दा वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोलीले माछा ब्यपारीलाई हटाउन खोज्दा झडप भएको थियो । माछा बेच्ने महिलालाई हटाउन खोज्दा ती महिलाले प्रहरी जवान अमरेद्र कुशवाहाको टाउकोमा ईटाले हानेर घाइते बनाए पछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

झडपमा परी प्रहरी सहायक निरिक्षक सिकेन्द्र प्रशाद साह कानु र प्रहरी जवान देबी लाल साह र जवान अमरेद्र कुशवाहा घायल भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।स्थानिय प्रशासनले कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि निषेधाज्ञा लगाए पनि माछा लगायतका अन्य ब्यापारीहरुले ठाउँ ठाउँमा भिडभाड गरी सामग्रीहरु बेंचने गर्नाले जोखिम बढने गरेको छ ।

झण्डमा प्रहरीले एक जना महिला र सात जना पुरुष गरी ८ जना स्थानीय व्यपारीहरुलाई नियन्त्रणमा लिएको छ । घाईते प्रहरी अमरेद्र कुशवाहाको अवस्था सिकिस्त रहेको र अन्य प्रहरीहरुको अवस्था सामान्य रहेको उपचारर्थ तराई अस्पताल स्रोतले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..