नाटकीय ढंगले राष्ट्रपतिले २४ घण्टा पनि समय नदिई आह्वान गर्नु संविधान विपरित : पूर्वप्रधानमन्त्री प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले संबिधान विपरित काम गरेको टिप्पणी गरेका छन् ।बिहीबार बेलुका मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन ।


अध्यक्ष प्रचण्डले नाटकीय ढंगमा २४ घण्टा पनि समय नदिई प्रधानमन्त्री बन्ने भए आउ भनेर राष्ट्रपतिले भन्नु विल्कुल संबिधान विपरित रहेको वताए।
प्रचण्डले भने, ‘जबकि प्रधानमन्त्रीले संविधानत ३० दिन भित्र विश्वासको मत लिनुपर्ने थियो ।

देश कोरोनाले आक्रान्त भएको बेला सरकारको ध्यान भने कुर्सीमा मात्र हुनु नेपाली जनताको निम्ति बिडम्बनाको कुरा हो’ !

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..