खुराफात शिरोमणिद्वयको षडयन्त्र र संविधान माथिको आक्रमण रोकिएन : डा.भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अनिश्चित र ‘हुनसेन स्टाइल’ चुनावको अंध्यारो सुरुङ्गमा धकेल्नेहरुलाई दण्डित र परास्त गर्नुपर्ने बताएका छन् ।


राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आव्हान गरेपछि डा.भट्टराईले त्यसको प्रतिवाद गरेका हुन् ।विहीबार राति सामाजिक संजालमार्फत प्रतिक्रिया जनउँदै उनले लेखेका छन्, ‘खुराफात शिरोमणिद्वयको षडयन्त्र र संविधान माथिको आक्रमणको शृंखला नरोकिने भयो।

कोरोना महाब्याधीको यत्रो संकटको वेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावकोअंध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डित र परास्त गरौं। सबैले दलीय÷निजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ धारा७६(५)बाटै निकास दिऊॅ ।’राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्मको समय दिएकी छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि बाटो खोलिदिने बताएपछि राष्ट्रपतिबाट नयाँ प्रक्रियाका लागि आव्हान भएसँगै राजनीतिक माहोल तातेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..