पूर्वमन्त्री बस्नेतको पहलमा सूर्यविनायक नगर अस्पताललाई थप ७५ लाख

भक्तपुर । भक्तपुर जनतालाई स्वास्थ्यको क्षेत्रमा सहज पहुँच विस्तार गर्ने तथा नेपाल सरकारको एक स्थानीय तह एक अस्पतालको रणनीति अनुसार जिल्लाको सूर्यविनायक नगपालिकाले आधुनिक, व्यवस्थित र प्रभावकारी अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले पुनः दोस्रो पटक मन्त्रालयको जिम्मेवारी संहालेसँगै देशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी लिएका अस्पतालहरुलाई बजेटको व्यवस्थापन गर्नुभएको थियो । पछिल्लो समय तीन वटै तहका सरकारको ध्यान कोरोना नियन्त्रण, अस्पतालको व्यवस्थापन, अक्सिजन, भेन्टीलेटर, आइसीयु, आइसोलेशन तथा कोरोना संक्रमितको लागि अनिवार्य आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन भइरहेको छ । जसको नेतृत्व तीनै तहका जनप्रतिनिधि तथा सम्बन्धीत निकायले गरिरहेका छन् ।

यसै क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती स्थित निर्माणाधिन नगर अस्पतालको लागि थप ७५ लाख बजेटको व्यवस्थापन भएको छ । यस अघि उक्त नगर अस्पताललाई एक करोड ५० लाख बजेट शुनिश्चित भइसकेको छ ।

यो सँगै अब उक्त अस्पताल निर्माण गर्नको लागि संघिय सरकारको अर्थमन्त्रालयले दुई करोड २५ लाख बजेट व्यवस्थापन गरिदिएको छ । अस्पतालमा एक करोड ५० लाख रकम आइसीय वेडको लागि रहेको थियो भने आज थप भएको रु ७५ लाख अक्सिजन प्लान्ट निर्माण गर्नको लागि बजेट थप गरिएको छ ।

यस अघि सांसद बस्नेतकै पहलमा जिल्लाभरमा रु आठ करोड ९२ लाख बजेट व्यवस्थापन भएको थियो । जुन रकम निर्माणाधिन सूर्यविनायक नगर अस्पताल, भक्तपुर अस्पताल तथा नेपाल कोरिया अस्पतालको लागि बजेट छुट्याइएको छ । जसमा सूर्यविनायक नगर अस्पतालको लागि रु एक करोड ५० लाख रकम सोही रु आठ करोड ९२ लाख भित्रको रहेको छ भने सांसद बस्नेतको पहलमा आज ७५ लाख पुनः थप गरिएको हो ।

सूर्यविनायक नगर अस्पतालमा नगरपालिका तथा स्थानीय पूर्वाधार विकास कोष (सांसद कोष)बाट समेत बजेट व्यवस्थापन गरी तिव्र गतिमा निर्माण भइरहेको छ । उक्त अस्पताल यसै महिनाभित्रदेखी सञ्चालनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..